radio icon

Live Radio

बाढी पहिरोको बितण्डाः देशभर १३ जनाको मृत्यु, आठ बेपत्ता

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौँ – लगातारको भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १३ पुगेको छ भने १० जना बेपत्ता छन्।

काठमाडौँको मूलपानीमा घरको पर्खाल भत्कँदा एकै परिवारका एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

काभ्रेमा पहिरोले घर थिच्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । सो घटनामा अन्य दुई जना घाइते भएका छन् ।

भोजपुरमा शौच बसेका एक बालकको चर्पीसहित पहिरोमा पुरिएर ज्यान गएको छ भने भर भत्कँदा एक बृद्धको मृत्यु भएको छ ।

ललितपुरको बागमती गाउँपालिकामा पनि पहिरोले घर थिच्दा एक बालकको ज्यान गएको छ।

सिन्धुली, पर्सा, ललितपुर, धादिङ र रामेछापमा एक÷एक जनाको ज्यान गएको छ।

खोटाङमा तीन जना बेपत्ता छन्। मोरङ, सुनसरी, महोत्तरी, पाँचथर र काठमाडौँमा एक एक जना बेपत्ता छन्।

देशभरका घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार