radio icon

Live Radio

काँग्रेस र राजपाबीच कार्यगत एकताको सहमति, सरकारविरुद्ध सशक्त प्रतिवाद गर्ने

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच सरकारविरुद्ध सहकार्य गर्ने सहमति भएको छ ।  सरकारले संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्यामा सरकारको रवैया विरुद्ध संसद र सडकसम्म प्रतिवाद गर्ने गरी अलिखित सहमति भएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेको पहलमा राजपासँग सहकार्य गर्ने पहल अघि बढेको थियो ।  दुई दलका दोस्रो तहका नेताहरुसँग वार्ता गरिसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका चार नेताको बैठक बसेको हो ।

खाँण र पाण्डेले प्रारम्भमा राजपाका अध्यक्ष मण्डल मध्येका अनिल झासँग सरकारको विरुद्धमा कार्यगत एकता गर्ने विषयमा वार्ता गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार