radio icon

Live Radio

नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा

  • radionrn
  • प्रकाशित मिति : शनिबार, असार २८, २०७६


त्रिशूली नदीमा ट्रक खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा ना ४ ख १७९६ नम्बरको ट्रक राति साढे एक बजे सडकबाट त्रिशूली नदीमा खसेको हो ।

ट्रकका चालक माधव थापा मगरलाई राति नै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । सहचालक दाङको घोराहीका अनिल गुरुङ बेपत्ता भएका थिए । उनको शव शनिबार बिहान निकालिएको मुग्लिन प्रहरीले जनाएको छ ।

माथिबाट खसेको ढुंगा छल्ने क्रममा ट्रक नदीमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार