radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

बाढी प्रभावित क्षेत्रमा प्रकोप फैलन नदिन औषधिसहितको चिकित्सकको टोली खटाउने सरकारको निर्णय

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६


काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा प्रकोप फैलन नदिन औषधिसहितको चिकित्सकको टोली तुरुन्तै परिचालन गर्ने निर्णय गरेको छ । बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले तुरुन्तै प्रभवित क्षेत्रमा चिकित्सकको थप टोली खटाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले विपद्मा परी मृत्यु भएका परिवारको यथोचित व्यवस्था सरकारले गर्ने निर्णय गरेको छ । तर उनीहरुको यथोचित व्यवस्था के कसरी गर्ने भन्ने कुरा खुलाइएको छैन ।सञ्चारमन्त्री बास्कोटाले बाढी पहिरो था डुबानमा परी घाइते भएका सम्पूर्णको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै बैठकले विपद्मा परेकाहरुलाई राहत उद्धार र पुर्नस्थापनाका लागि तदारुकताका साथ काम अगाडि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले पीडितलाई राहत वितरणको काममा कुनै कसर नराख्ने निर्णय गर्दै त्यसका लागि काम अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मन्त्री बास्कोटाले जानकराी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार