radio icon

Live Radio

मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो सिरिज

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६


काठमाडौं – दोस्रो टी(२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् । यो साझेदारी टुटेपछि भने मलेसिया दबावमा आयो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २(२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १(१ विकेट हात पारे ।
यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
टी(ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

विश्वकप क्रिकेट फाइनल आजः न्यूजिल्याण्ड र इङ्ल्याण्डविच उपाधि भिडन्त

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ल्याण्डको राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु हुनेछ ।

उपाधि भिडन्तमा आयोजक इङ्ल्याण्डलाई बढी दावेदार मानिएको छ । किनकी उसँग घरेलु मैदान र समर्थकको साथ छ ।तर न्यूजिल्याण्ड पनि यस्तै मौसममा क्रिकेट खेल्न अभ्यस्त छ ।

सेमिफाइनलमा दावेदार भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्यूजिल्याण्ड यसपटक विश्व क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छ ।साविक विजेता अस्ट्रेलियालाई घर फर्काउँदै फाइनलमा स्थान बनाएको इङ्ल्याण्डका लागि पनि आजको खेल नयाँ इतिहास रच्ने अवसर बनेको छ ।

आजको खेल जसले जिते पनि विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित छ । दुबै टोली एकदिवसीय विश्वकपमा पहिलो उपाधिको खोजीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार