radio icon

Live Radio

अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६


एजेन्सी – अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित पारेको छ । प्रतिघण्टा १ सय १२ किलोमिटरको गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त पारेको हो ।आँधीले थप वितन्डा मच्चाउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन नागरिकलाई आह्वान गरेको छ ।

आँधीपछि बाढी आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सरकारले आह्वान गरेको हो । १ लाख मानिस सुरक्षित स्थानमा गइरहेको बताइएको छ ।आँधी आएपछि त्यहाँका हवाई उडानसमेत बन्द भएका छन् ।यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लुजियानामा आपतकाल घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार