radio icon

Live Radio

भप्सी खोलामा पुल भत्किएर अवरुद्ध महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आयो

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६


काठमाण्डाै – महोत्तरीको भप्सी खोलामा पुल भत्किएर अवरुद्ध महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । पानीको बहाव घटेपछि डाइर्भसनबाट एकतर्फी बाटो सञ्चालन गरिएको हाे ।

वीपी राजमार्गको सिन्धुली गलनजोर गाउँपालिका र सुनकोशी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक पनि एकतर्फी सञ्चालन भएको छ । कुलेखानीमार्ग फाखेल लगायतका विभिन्न ठाउँका सडक पहिरोका कारण पूर्ण रुपमा बन्द भएका छन् ।

पाल्पाको सिद्धबाबामा पहिरो खसेपछि बन्द भएकाे सिद्धार्थ राजमार्ग भने आइतबार बिहानदेखि एकतर्फी सञ्चालन भएको छ । मध्यपहाडी लोकमार्गको खुर्कोट उदयपुर सडक पनि पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ । त्रिभुवन राजपथ, पृथ्वी राजमार्गमा भने अवरोध नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार