radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

बाढी प्रभावित क्षेत्रमा महामारीको खतरा, सरकारले तुरुन्तै चिकित्सक खटाउने

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६


काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुवानले निम्त्याएको समस्या यथावत छ । वर्षा रोकिए पनि विस्थापित भएकाहरु सुरक्षित रुपमा पुर्नस्थापित हुन सकेका छैनन् । घर खेत बाढीले बगाएपछि कैयौँ परिवारको बिचल्ली भएको छ ।

यसैबीच बाढी पहिरोको विपद्ले प्रभावित क्षेत्रमा सरुवा रोगको महामारी फैलन सक्ने भन्दै सावधानी अपनाउन चिकिस्तहरुले सुझाव दिएका छन् ।

पानीजन्य रोगहरुको संक्रमण बढ्ने भएकाले यो बेला विशेष गरी शुद्द पानी पिउन चिकित्सकले सुझाएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले विशेष गरी पानीको शुद्धतामा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले पानी उमालेर अथवा निर्मलीकरण गरेर मात्रै सेवन गर्न सुझाव दिनुभयो ।

यता संसदको राज्य व्यवस्था समितिले बाढी तथा डुबान प्रभावित क्षेत्रमा तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली खटाउन सरकारलाई निर्देशन दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको प्रकोप फैलिने तर्फ सजग गराउँदै समितिले तत्काल औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाउन निर्देशन दिएको हो ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउन, राहत र उद्धारको कार्यलाई अझै प्रभावकारी बनाउन, विस्थापितलाई पुर्नस्थापित गर्न र घाइतेको प्रभावकारी उपचार गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

यता सरकारले बाढी प्रभावित क्षेत्रमा प्रकोप फैलन नदिन औषधिसहितको चिकिस्तकको टोली तुरुन्तै परिचालन गर्ने निर्णय गरेको छ ।

आज अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले तुरुन्तै प्रभवित क्षेत्रमा चिकित्सकको थप टोली खटाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले विपद्मा परी मृत्यु भएका परिवारको यथोचित व्यवस्था सरकारले गर्ने निर्णय गरेको छ । तर उनीहरुको यथोचित व्यवस्था के कसरी गर्ने भन्ने कुरा खुलाइएको छैन ।
सञ्चारमन्त्री बास्कोटाले बाढी पहिरो था डुबानमा परी घाइते भएका सम्पूर्णको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै बैठकले विपद्मा परेकाहरुलाई राहत उद्धार र पुर्नस्थापनाका लागि तदारुकताका साथ काम अगाडि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले पीडितलाई राहत वितरणको काममा कुनै कसर नराख्ने निर्णय गर्दै त्यसका लागि काम अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार