radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् ।

बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० लाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

३२ जना वेपत्ता भएका छन् भने धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना गरी जम्मा ३९ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार