radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

संसद बैठक ८ गते सम्मका लागी सूचना टाँसेर स्थगित

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौं । प्रतिनिधिसभाको आईतबारका लागी बोलाइएको बैठक सुचना टाँसेर स्थगित गरिएको छ । बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत नभएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

कांग्रेस र राजपाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने प्रस्ताव आईतबार संसद सचिवालयमा दर्ता गराएका थिए ।

संसद सचिवालयले भने सांसदहरुलाई आ–आफ्नो क्षेत्रमा बाढीपहिरो पीडितहरुको उद्धारमा जान समय दिनुपर्ने भएकाले बैठक स्थगित गर्नु परेको सुचनामा उल्लेख गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार