radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

२४ घन्टा भारी वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार अहिले देशका विभीन्न स्थानमा मनसूनी वर्षा भैरहेको छ भने काठमाडौमा भर्खरै घाम लागेको छ । दिउँसो धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुइ स्थानमा भारि वर्षा हुने महाशाखाले जनाएको छ । राति पनि देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने छ । भोली र पर्सी पनि बर्षा जारी रहने महाशाखाले जनाएको छ ।

अपडेटः पाँच दिनदेखिको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहानसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो ।

यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार