radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

खहरे खोलाले बगाएर आमाछोरी बेपत्ता

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौं – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ तौमासमा खहरे खोलाले घर बगाउँदा आमा छोरी बेपत्ता भएका छन् । गयराति खोलाले घर बगाउँदा उनिहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा ४० वर्षीया कान्छी माया बलामी र उनकी १७ वर्षीया छोरी बबिता छन् । रातिमा सुतिरहेका उनीहरुलाई खहरेले बगाएको हो । एकजना भाग्न सफल भएका छन्।यसैविच दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाको २ ताल्तिमा निर्माणधिन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योगमा गयराति आएको बाढीले क्षति र्पुयाएको छ ।

खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण क्षति र्पुयाएको उद्योगका सूचना अधिकारी तुलसीजंग थापाले जानकारी दिनुभयो । रातिको समयमा बाढी आएको र बाढीमा फसेका ५ जना मजदुरलाई स्थानीय प्रहरी र ताल्तीका स्थानीयले उद्धार गरी बाहिर निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार