radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

कुलेखानी ड्याम ‘इन्द्रसरोवर’ भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिँदै

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौं – देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी ड्याम ‘इन्द्रसरोवर’ भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलिने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

पानी वाग्मती नदी भएर बग्ने भएकाले आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिनु भयो । ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरिएपछि पानी बाहिर निकालेर जोखिम कम गर्ने तयारी थालिएको हो ।

कुलेखानीमा क्षमताभन्दा बढी रहेको पानी निकाल्दासमेत विभिन्न चार वटा जिल्लाका नदीनाला आसपासका क्षेत्र जोखिममा पर्ने हुँदा सचेत रहन समेत आग्रह गरिएको छ ।यसैविच अविरल वर्षाका कारण काभ्रेको पनौती नगरपालिकाको रोशी जोरघट्टमा पहिरो खसेपछि रोशी नदी थुनिएको छ । मापदण्डविपरीत खुलेका ढुङ्गाखानीका कारण पहिरो गएपछि नदी थुनिएको स्थानीयले बताएका छन् ।

पहिरोका कारण नदी छेउमा रहेका वस्तीमा ढुङ्गासहितको भल पसेर वस्ती र सडक अवरुद्ध भएको छ । ढुङ्गाखानी उद्योगले जथाभावी स्काभेटर प्रयोग गरेर पहाड खनेका कारण डाँडै खसेर नदी थुनिएको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार