radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

निउरोको तरकारी बिष बन्यो, छोराछोरीको मृत्यु, आमा गम्भीर घाइते

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौं – अछामको रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ । वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछाम प्रहरीका डीएसपी जनक शाहीका अनुसार मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको हो । मृतककी ३१ वर्षीया आमा नरपता बोहराका अनुसार शुक्रबार बिहान निउरो खाएपछि बान्ता हुने लगाएतको समस्या देखिएको थियो । अहिले आमाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार