radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सुपर ओभरमा न्युजिल्याण्ड पराजित

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । १२ औं संस्करणको क्रिकेटको लण्डनमा हिजो भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो । यो  सँगै इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । र, एकदिवसीय विश्वकप जित्ने नयाँ राष्ट्र पनि बनेको छ ।

न्युजिल्याण्ड भने पुनः फाइनलमा पराजित भएको छ । लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पनि खेलले नाटकीय रुप लिएको हो । इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो ।
जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जितेको हो ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । न्युजिल्यान्डलाई यो स्थानसम्म ल्याउन कप्तान केनले ठूलो भूमिका खेले ।  उनले यो विश्वकपमा ५७८ रन बनाए । उनले दुई शतक र दुई अर्धशतक बनाएका थिए ।

गगन थापा लड्स मैदानमा

कांग्रेसका युवा नेता गगन थापा विश्वकपको फाइनल हेर्न लड्स मैदान पुगेका छन् । नेता थापा पुर्व खेलाडी समेत रहेका र खेलमा निकै रुची राख्ने नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसमेत सार्वजनिक गरेका हुन् ।

गएराति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले न्युजील्यान्ड र इंग्ल्यान्डको फाइनल खेल हेर्ने अवसर मिलेको र उत्साहित भएको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार