radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

जनता बैंकले बिस्तार गर्यो नयाँ शाखा खुमलटारमा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौं – जनता बैंकले सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेको थियो ।

उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो ।

यस अतिरिक्त बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार