radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा मलेखुमा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार ३०, २०७६


काठमाडौं –  राष्ट्रिय वाणिज्य बैंकले धादिङको बेनीघाट रोराङ गाउंँपालिका–३ स्थित मलेखुमा  शाखा विस्तार गरेको गरेको छ । जनताको सेवालाई अझै प्रभावकारी बनाउन सो बैंकले उक्त शाखा विस्तार गरिएको हो ।

उक्त  बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी रोजगारी सिर्जना हुने बताउनु भएको छ ।

हाल बैंकले  नेपालभर  २२२ वटा शाखा कार्यालय, १७५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ  कारोबारबाट सेवा दिइरहेको छ ।  बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार