radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

विदेशीका लागि बढाइएको भिसा शुल्क बुधबारदेखि लागू हुने

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग लिँदै आएको भिसा शुल्कमा वृद्धि गरेको छ । बैसाखमै भिसा शुल्क वृद्धि गरे पनि सोको कार्यान्वयन भने भोलीदेखि लागू हुनेछ।
सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा शुल्क बढाएको हो । मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तित भिसा शुल्क लागू गर्न लागेको हो। अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ।
सरकारले अध्यागमन नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शुल्क बढाएको हो ।
सरकारले १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ३० डलर बनाउने निर्णय गरेको हो । यसअघि यो शुल्क २५ डलर थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार