radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

इन्डोनेसियामा भूकम्प, भवन भत्किँदा पचास फसेको आशङ्का

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


जकार्ता। इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६।० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताउनुभयो ।

भूकम्पले नुसा डुआमा सामान्य क्षति पु¥याएको छ । बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सन्जयले भूकम्प आउनासाथ पर्यटकहरुमा भागदौड मच्चिएको बताउनुभयो । इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ ।

भवन भत्किँदा पचास फसेको आशङ्का

मुम्बई – भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार