radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

संसदीय समितिको बैठक स्थगित गर्न काँग्रेस सांसदहरुको माग

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् । काँग्रेसका प्रतिनिधिसभाका सांसदद्धय डा.डिला संग्र्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन् ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी काँग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति श्रेष्ठसँग माग गर्नुभयो ।
उहाँले पीडितलाई साथ दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने तर्क पनि गर्नु भयो।

काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि संसदीय समितिको बैठक स्थगित गर्न माग गर्नुभयो । उहाँले जनता पीडामा रहेका बेला राहत तथा उद्दारमा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ पनि समितिकी सभापति श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।

यता, सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाई हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएपनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार