radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

योजना आयोग उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौं – प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिनुभएको छ । उहाँले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको हो ।

देवकोटाले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेललगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उहाँको भनाई छ ।

देवकोटाले मुख्यमन्त्रीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेशको प्रोफाइल तयार पारेको र प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने लगायत विभिन्न योजनाहरु निर्माण गरेको पनि वताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार