radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

लाइसेन्स छाप्ने प्रिन्टर समयमा नल्याएपछि, दैनिक २४ हजार १ सय ९६ रुपैयाँ जरिवाना तिर्न थाले

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौं – लाइसेन्स छाप्ने प्रिन्टर समयमा नल्याएपछि सरकारले मद्रास प्रिन्टर्सलाई दैनिक २४ हजार १ सय ९६ रुपैयाँ ६९ पैसा जरिवाना गर्नथालेको छ । सम्झौता भएको समयमा लाइसेन्स मास प्रिन्टर नल्याएपछि सरकारले मद्रास प्रिन्टर्सलाई जरिवाना गर्न थालेको हो ।

खरिद सम्झौतामानै यो कुरा उल्लेख भएकोले जरिवाना गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिनुभयो ।

‘असार २९ गतेभित्र मास प्रिन्टर ल्याउनुपर्ने सम्झौता थियो । तर मद्रासले ल्याउन सकेन । विभागले मद्रास प्रिन्टर्ससगँ आजको डलरको मूल्य अनुसार ४ करोड ८३ लाख ९३ हजार ३ सय ९६ रुपैयाँमा प्रिन्टरको लागि सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार