radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

गण्डकी सरकारविरुद्ध १५ वटा मुद्दा अदालतमा, धम्की दिँदै रकम असुल्ने राजेन्द्र लामा पक्राउ

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौं – गण्डकी सरकारविरुद्ध १५ वटा मुद्दा अदालतमा परेको छ । सरकार गठन भएको झण्डै साँढे २ वर्षको अवधिमा सरकारविरुद्ध १५ वटा मुद्दा परेको हो ।

कर्मचारी समायोजनदेखि विद्यालय व्यवस्थापन समितिसम्मको मुद्दा गण्डकी सरकारविरुद्ध परेको मुख्यन्यायधीवक्ताको कार्यालय गण्डकीले जानकारी दिएको छ । गण्डकी प्रदेशका मुख्यन्यायधिवत्ता राजेन्द्र घिमिरेले आज संसदीय पत्रकार मञ्च गण्डकीले गरेको साक्षात्कार कार्यक्रममा सरकारविरुद्ध १५ वटा मुद्दा परेको बताउनुभयो ।

धम्की दिँदै रकम असुल्ने राजेन्द्र लामा पक्राउ

व्यापारीलाई धम्की दिँदै रकम असुल्ने ‘निमा’ भन्ने राजेन्द्र लामा पक्राउ परेका छन् ।
काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामालाई आज पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इञ्चार्ज एवमं प्रहरी निरीक्षक एलिजा गिरीले जानकारी दिनुभयो ।

उनले कोटेश्वर क्षेत्रका व्यापारीहरुबाट मासिक रुपमा रकम उठाउने र नदिए मार्ने धम्कीसमेत दिने गरेको प्रहरीको भनाइ छ।
आवश्यक कारबाहीका लागि उनलाई महानगरीय प्रहरी वृत्तमा बानेश्वरमा पठाइने छ ।

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ मा जंगली हात्तीले आक्रमण स्थानिय ६२ बर्षका कान्छो दराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट कामको लागि सौराहा जाने क्रममा बिहान बाघमारा सामुदायिक वनको चौर नजिक उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

दराईलाई हात्तीले घिर्सादै जंगलमा लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार