radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

नेकपाको एकता प्रक्रियाले पायो पूर्णता, ओली दाहालबीच भयो सहमति

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौँ – लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले पूर्णता पाएको छ । मंगलबार अबेर साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागहरु गठनबारे सहमति जुटेको हो ।

यो छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए । बैठकले एकता प्रक्रियालाई टुंगो लगाएको र यसलाई छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने महासचिव पौडेलले जानकारी दिनुभयो ।

असार मसान्तभित्रै पार्टी एकताका सबै काम टुंगोमा पु¥याउने पूर्वघोषित दाबी बमोजिम ओली र दाहालले सहमति जुटाएका हुन् । यसअघि दिउँसो ललितपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले आजै सम्पूर्ण विषय टुंगो लाग्ने दाबी गरेका थिए ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले पार्टी एकता रोक्न प्रतिक्रियाबादीहरुले गरेको चलखेलले आफ्नो दिमाग खराब भएको पनि बताए । पार्टी एकताको सबै कामले पूर्णता पाएपछि केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि प्रचण्डले गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार