radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

अमेरिका छाड्न राष्ट्रपति ट्रम्पको चेतावनी

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् ।

खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीमाथि समेत एकसाथ प्रहार गरेपछि राष्ट्रपति ट्रम्प फेरि विवादमा तानिएका छन् । ट्वीटमा ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने सचेत गराउँदै यसमा खुशी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको र त्यो उनीहरुको एक्लो छनौट हुने प्रष्ट गरेका हुन् ।

केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी र अलकायदा समर्थक रहेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार