radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागु हुने

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६


योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागु हदैछ । अहिले सम्म करिब ३७ सय प्रतिष्ठानहरूका करिब २० हजार जति श्रमिकहरू दर्ता हुन आएका कोषको कार्यालयले जनाएको छ ।

सरकारले सवै निजि प्रतिष्ठानहरुलाई कार्यक्रममा आवद्ध हुन आह्वान गरेपनि धेरै प्रतिष्ठनले बेवास्ता गरेका छन् । कतिपय अन्यौलताका कारण सुरक्षा कोषमा आबद्ध हुन आउनेको सङ्ख्या कम देखिएको र अन्यौलता विस्तारै हट्दै गएपछि आवद्ध हुनेहरुको संख्या बढ्ने कोषले विश्वास व्यक्त गरेको छ ।

कार्यक्रम अन्तर्गत निजि व्यवसायीक प्रतिष्ठानहरुले कर्मचारीको पेन्सन, औषधीउपचार , बिमा सहित सामाजिक सुरक्षाका विविध शीर्षकमा कर्मचारी र कार्यालयले रकम जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ । यो बीमा सुविधा अन्तर्गत श्रमिकले मातृत्व सुरक्षा, बिरामी हुँदाका सुविधा, उपचार खर्च, तथा व्यवसायजन्य रोग लागेमा खर्च गर्ने गरि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार