radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

आजदेखि नयाँ आर्थिक बर्ष सुरु, कर्मचारीलाई प्यान अनिवार्य

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६


आजदेखि नयाँ आर्थिक बर्ष सुरु भएको छ । सरकारले गत जेठ १५ गते घोषणा गरेको बार्षिक बजेट आजदेखि लागु हुनेछ भने कतिपय अन्य नियमहरु पनि सरकारले आजदेखि लागु गर्न लागेको छ ।

व्यवसायीक प्रतिष्ठान तथा कार्यालयहरुले आजदेखि नयाँ हिसावकिताव राख्नु पर्नेछ भने पुरानो हिसावकिताव टुंग्याई सक्नु पर्नेछ । यसैबीच सरकारले आजदेखि हरेक कामदार तथा कर्मचारीलाई प्यान दर्ता अनिवार्य गरेको छ ।

हरेक कर्मचारीले तलव तथा भत्ता लिदाँ प्यानमा उल्लेख गर्नुपर्ने र कार्यालयहरुले पनि आफ्नो कर्मचारीलाई दिइएको तलब भत्तालाई प्यानमा दर्ता गरेर दिनुपर्ने नयाँ व्यवस्था गरिएको छ । त्यसैगरी हरेक कर्मचारीलाई वैंक मार्फत् मात्रै तलब भत्ता दिनु पर्ने र बैंक मार्फत् नदिएमा कार्यालयले खर्च विवरणमा देखाउन नमिल्ने नियम पनि आजदेखि लागु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार