radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

आज साउने संक्रान्ती, लुतो फाल्ने दिन

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६


आज साउने संक्रान्ति पर्व देशभर मनाईदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ ।

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिनलाई लुतो फाल्ने दिनका रुपमा समेत लिने चलन छ । कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो बाली प्रतिकात्मक रुपमा लुतो फयाँक्ने गरिन्छ ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यसैबीच विभिन्न शिवालयमा आजबाट धार्मिक अनुष्ठान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार