radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

नेपालगन्ज भन्सार कार्यालयले सवा ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्यो

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६


काठमाण्डौ – नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठसम्म सवा ११ अर्ब रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयको सो अवधिमा ११ अर्ब ९ करोड ७१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११ अर्ब २७ करोड २४ लाख ९८ हजार अर्थात १०१.५८ प्रतिशत राजस्व असुली गरेको हो । यो राजस्व लक्ष्यभन्दा १७ करोड ५३ लाख ९८ हजारले बढी हो ।

चालू आर्थिक वर्षको ११ महिनामा कार्यालयले भन्सार महशुल ५ अर्ब ४१ करोड ६१ लाख २२ हजार, मूल्य अभिवृद्धि कर ५ अर्ब १५ करोड ६० लाख ८६ हजार, अन्तशुल्क २५ करोड ७४ लाख ९४ हजार र अन्य ४४ करोड २७ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।

कार्यालयको यस आर्थिक वर्षको जम्मा लक्ष्य १२ अर्ब ३३ करोड १ लाख १ हजार रहेको छ भने असार महिनाको मासिक लक्ष्य १ अर्ब २३ करोड ३० लाख रहेकोे छ । त्यस्तै राजस्व असुलीतर्फ सबैभन्दा बढी असोजमा ८६ करोड ३१ लाख ८ हजार लक्ष्य रहेकोमा १ अर्ब १९ करोड ७ लाख ५९ हजार अर्थात १३७ प्रतिशत राजस्व असुली भएको छ भने सवैभन्दा कम साउनमा ९१ करोड १५ लाख मात्र राजस्व असुली भएको कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत निरौलाले असारमा भन्सार असुली लक्ष्य बढी भए पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिने बताए ।

कार्यालयका अनुसार पश्चिम तराईका विभिन्न जिल्लामा सामान आयात हुने यस नाकाबाट चालू आर्थिक वर्षको ११ महिनामा हाईस्पीड डिजेल, चामल, एलपी ग्यास, पेट्रोल, आलु, सिमेन्ट क्लिंकर, औद्योगिक मेसिनरी, खाद्यान्न मकै, पथ्थर कोइलालगायत विभिन्न वस्तुको आयात बढी भएको पाइएको छ । जसमध्य हाईस्पीड डिजेल १० अर्ब ७९ करोड ४७ लाख ९८ हजार, चामल अर्ब ३ करोड २३ लाख ९ हजार, एलपी ग्यास २ अर्ब ५९ करोड ३३ लाख २५ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै पेट्रोल २ अर्ब २८ करोड १९ लाख ८९ हजार, आलु १ अर्ब २३ करोड ५० लाख १० हजार, पथ्थर कोइला १ अर्ब, सिमेन्ट क्लिंकर ७६ करोड, औद्योगिक मेसीनरी ८४ करोड ८९ लाख र खाद्यान्न मकै ८२ करोड ७२ लाख रुपैयाँ बराबरको आयात भएको कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार