radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सिनामंगलको ४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६


सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । काठमाडौँ मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने कायब पारिएको छ ।

सिनामंगलको फाँटमा वाग्मती खोला पसेपटि गुठी संस्थाले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसलाई विभिन्न मुद्दा मामिला गरेर नारायणप्रसाद लामिछानेले कब्जामा लिएका थिए ।

सर्वोच्च अदालतले ९ वर्षअघि अन्तिम फैसला गर्दै जग्गा सरकारकै नाममा दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नगरिँदा त्यस ठाउँमा अहिले व्यक्तिगत घरैघर छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार