radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

भारतको मोतिहारीदेखि अमलेखञ्जसम्म बिछ्याईएको पेट्रोलियम पाइपलाइनको परीक्षण सफल

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६


काठमाडौं । भारतको मोतिहारीदेखि नेपालको अमलेखञ्जसम्म विछ्याईएको पेट्रोलियम पाइपलाइनमा पहिलो पटक पठाइएको डिजेल अमलेखगन्जमा खसाइएको छ । शुक्राबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले जानकारी दिनुभयो ।

बुधबार भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो । इन्जिनियर पौडेलका आनुसार शुक्रबार नै बिहान ७ बजे परिक्षणका लागि मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आईपुगेको थियो ।

पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्नेबारे भने तय भएको छैन । उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरीराख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।

नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल(भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार