radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

सेवाग्राहीबाट घूस लिएका सर्लाहीका रामनगरमा कार्यरत इञ्जिनियर यादव पक्राउ

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६


सर्लाही । सेवाग्राहीबाट घूस लिएका सर्लाहीका रामनगर गाउँपालिमा कार्यरत इञ्जिनियर रामजीबाबु यादव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अख्तियारले रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इञ्जिनियर रामजी बाबु यादवलाई ५० हजार घूस रकमसहित आज मलंगवाको अशोका होटलबाट नियन्त्रणमा लिएको हो ।

विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घूस माग गरिरहेको सूचनाका आधारमा टोलीले घूस रकमसहित यादवलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार