radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

विप्लव समूहले लियो धनगढी विष्फोटको जिम्मा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजो धनगढीमा भएको शक्तिशाली बम विष्फोटको जिम्मा लिएको छ । पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् ।

पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनामा पार्टीका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु हुनुका साथै अन्य चार जना घाइते छन् ।

सिंह आफैले बोकेको बम विष्फोट हुँदा भएको योघ टनाको मुख्य जिम्मेबारी भने फासीबादी ओली सरकारले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पार्टीका कैलाली जिल्ला इन्चार्जले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार