radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा छलफल सुरु

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६


काठमाडौं । राष्ट्रियसभामा बाढी, पहिरो र डुबानबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल सुरु भएको छ ।
सत्ता र प्रतिपक्षील दलका सांसदहरुले संयुक्त रुपमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल सुरु भएको हो ।

सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्ष सांसदहरु बद्रीप्रसाद पाण्डे, बृषेशचन्द्र लाल र प्रमिला कुमारी प्रस्तावक र सांसद जीवन बुढा र अनिता देवकोटा समर्थकको समर्थनमा जरुरी सार्वजजिनक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

विपक्षी सांसदहरु राधेश्याम अधिकारी र बृषेशचन्द्र लालले ल्याएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई सत्ता पक्षको समेत सहभागीतामा पेश गरिएको हो । प्रस्ताव पेश गर्दै सांसद भट्टराईले विपदीमा राष्ट्रिय एकताको सन्देश दिन संयुक्त रुपमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याएको बताउनुभयो ।

उहाँले उद्धार, राहतका काम सरकारले गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको र यस्ता समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै विपक्षी सांसद बद्री प्रसाद पाण्डेले पनि प्राकृतिक विपदीलाई कसैले पनि राजनीतिक हतियार बनाउन नहुने जिकिर गर्नुभयो ।

राष्ट्रियसभा नियमावलीअनुसार प्रस्तावमाथि छलफल भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिनुहुने छ ।
जवाफपछि राष्ट्रियसभाले आजनै सबै सांसदहरुको एक दिनको तलब बाढी, पहिरो र डुबान पीडितलाई दिने निर्णयसहित संकल्प प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार