radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

संसदीय समितिद्वारा बाढी प्रभावित कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको निरीक्षण ‘डुबानको समस्या नेपालको मात्र होईन’

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६


काठमाडौं । संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वरको स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो
उहाँले निरीक्षण अवलोकनका क्रममा पाइएको तथ्याँकको आधारमा आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई पुनः सचेत गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

समितिले लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि आवश्यक योजना तय गर्न प्रभावित क्षेत्रको सबै ठाउँमा स्थलगत निरीक्षण गर्ने योजना तय गरेको छ । त्यसैअनुसार काठमाडौंका पनि स्थलगत निरीक्षणको काम सुरु गरिएको सभापति श्रेष्ठले बताउनुभयो ।

निरीक्षणको क्रममा कुलेश्वर अपार्टमेन्ट सोसाईटीले आफूहरुको करिव १ करोड ५४ लाख बराबरको क्षति भएको विवरण समिति समक्ष पेश गरेको थियो । पीडित पक्षले संसदीय समितिलाई तत्कालका लागि खानेपानी र विद्युत आपूर्तिको व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरिदिन पनि आग्रह गरेका थिए ।

यसैबिच, गृहमन्त्री रामबहादुर थापा बादलले डुबानको समस्या नेपालको मात्र नभइ भारतको पनि भएको बताउनुभएको छ ।  आज राष्ट्रियसभामा बाढी, पहिरो र डुबान समस्याबारे पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले तराई क्षेत्रमा हुने डुबान नेपालको मात्र समस्या नभएको बताउनुभएको हो ।

भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण नेपाली भूमी डुबानमा परेको स्वीकार गर्दै त्यसलाई खोल्नका लागि सरकारले कुटनीतिक तवरबाट पहल गरिरहेको बताउनुभयो थापाले असार २६ गतेदेखि परेको पानीका कारण बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु, २९ जना बेपत्ता र १३ हजार घर परिवार विस्थापित भएको बताउनुभयो

गृहमन्त्री थापाले सरकारले सुरक्षा निकायमार्फत बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र पारिरहेको पनि उल्लेख गर्नुभएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसदहरुले राहत, उद्धार र पुनस्थापनमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयन भएको भन्दै आलोचना गरेका थिए।

जवाफमा बादलले तीनै तहका सरकारबीच सहयोग र समन्वयन भइरहेको जिकिर गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार