radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६


काठमाण्डौको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना घाइते भएका छन् ।

शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका स्कुटर चालक काठमाण्डौ बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको उपचारको क्रममा आज बिहान नेसनल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ठकुरीलाई ट्रमा सेन्टरबाट नेसनल अस्पतालमा लगिएको हो । यस्तै स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेलको अहिले ट्रमा सेन्टरमै उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार