radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

लोक सेवा आयोगको विज्ञापनविरुद्ध प्रदेश एक बन्द गराउँदै हिँडेका १५ जना पक्राउ

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६


काठमाडौं । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश नम्बर १ बन्दको आह्वान गरी बन्द गराउँदै हिँडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राईसहित १५ जना पक्राउ परेका छन् ।

संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्मविपरीत लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै त्यसको विरोधमा प्रदेश नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउँदै हिँडेका उनीहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

इटहरी चोकमा भेला भएर बन्द गराउँदै हिँडेका १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताउनुभयो ।

लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ प्रदेश १ ले हिजो आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार