radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

स्वाथ्यकर्मीले झुण्डिएर आत्महत्या गरे

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६


सिमकोट  – स्वाथ्यकर्मीले झुण्डिएर आत्महत्या गरेका छन् । सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्वर आचार्यले सदरमुकाम सिमकोटमा आएको बेला डिभिजन वन कार्यालयको माथिल्लो तलाको बार्दलीको रेलिङ एक मिटर लामो डोरीको पासो घाँटीमा लगाएर झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।

विगत २२ वर्ष देखि हुम्ला जिल्लाको रिप स्वास्थ्य चौकीमा सेवा प्रदान गर्दै आएका ५७ वर्षे आचार्यले शुक्रबार बेलुका साढे आठ बजे झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तीमगरले बताउनुभयो । शवको तीन मिटर टाढैबाट हेर्दा घाउ चोट कतै केही पनि नदेखिएको र डोरीमा झुण्डिएको अवस्थामा शव रहेको उहाँले बताउनुभयो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ । घरका परिवारका सदस्यहरुलाई पनि खबर गरिएको प्रहरीले जनाएको छ । आचार्यका आफन्तको अनुमति बिना शवलाई झुण्डिएको ठाउँबाट ननिकालिने पनि उहाँले बताउनुभयो । सधै रिप स्वास्थ्य चौकीमै बस्ने आचार्य केही दिन अगाडी सिमकोट आएको शुक्रबार दिउसो स्वास्थ्य कार्यालयमा आएका थिए ।

बेलुका पनि कार्यालयका सहकर्मीसंग बस्ने निधो गरेका आचार्य राती आठ बजेतिर एक छिन बजारमा काम परेको र त्यसपछि कार्यालय मै आएर बस्ने बताएको जिल्ला अस्पतालका सिनिएर अनमी सरिता बोहराले बताउनु भयो । आचार्यको झुण्डिएको शव एक मिटर लामो डोरीमा बेरिएको अवस्थामा रहेको छ । दुई सन्तान, एक श्रीमति भएका आचार्यका स्थायी ठेगाना कैलाली जिल्ला टिकापुर ११ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार