radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसिरह्योः शेरबहादुर देउवा

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन इटहरीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले सरकार लाचार भएकाले तराईमा समस्या आएको बताउनुभयो ।

आफू मधेसका विभिन्न स्थानमा घुमेर आएको र त्यहाँका जनता अत्यन्तै समस्यामा रहेको उहाँको भनाइ छ । सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम नगरेको, डुबानको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल नगरेको उहाँले बताउनुभयो ।

कार्यक्रमको सम्पूर्ण समय सरकारको विरोधमा खर्चिएका उहाँले सरकार अनावश्यक कर लगाउन लागिपरेको आरोप लगाउनुभयो । प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको बताउदै उनले लेख्ने र बोल्ने अधिकार कुण्ठित हुन लागेकोमा जोड दिनुभयो ।

यस्तै उहाँले ओली सरकारले केही नगर्नेपनि स्पष्ट पार्नुभयो । सरकारको नियन्त्रणमा मानव अधिकार हुन नसक्ने भन्दै उहाँले सरकार नसच्चिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

यस्तै सरकारले कानुन बनाउन ढिला गर्दा लोक सेवा आयोग बिबादमा परेको नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताउनुभएको छ । काठमाडौंमा आज भएको एक कार्यक्रममा उहाँले सरकारले समयमै आवश्यक ऐन, कानुन निर्माण नगर्दा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन बिबादमा परेको बताउनुभयो ।

लोक सेवाले सञ्चालन गरेको परीक्षासमेत बिबादमा तानिएको बताउदै उहाँले सरकारको ध्यान ऐन, कानुन निर्माणमा नभएको बताउनुभयो । यस्तै सरकारको ढुलमुले चरित्रका कारण अर्थ र शिक्षा क्षेत्रमा असर परेको समेत उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार