radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

रुपन्देहीमा बुद्धको मूर्ति तोडफोडमा संलग्नहरु अझै पक्राउ परेनन्, धार्मिक सद्भावमा कुनै खलल नपुग्ने सरकारको दाबी

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६


रुपन्देहीमा बुद्धका मुर्ति तोडफोड घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । घटना भएको चार दिन भइसक्दा समेत प्रहरीले दोषी पत्ता लगाउन नसकेको हो । गत बुधबार राति रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्ग छेउमा अज्ञात समूहले बुद्धका मुर्ति तोडफोड गरेको थियो ।

यो घटनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घोर आपत्ति प्रकट गर्दै दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा विकेकशील पार्टीले पनि विज्ञप्ति जारी गरेर दोषीहरुलाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
तर, घटनाको चार दिन बित्दा समेत प्रहरीले तोडफोडमा संलग्नहरुको खोजी गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ह्दय थापाले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले अहिलेसम्म दोषीहरु पक्राउ नपरेको बताउनुभयो ।

शान्ति, अहिंसा र ज्ञानका प्रतीक भगवान बुद्धको मुर्तिमाथि भएको आक्रमणबाट आम नेपाली नागरिकले स्तब्ध छन् । यो घटनाले धामिर्क सद्भावमाथि पनि प्रहार गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ । तर सरकार भने एउटा घटनाले धार्मिक सद्भावमा कुनै खलल नपुग्ने ढिपी गरिरहेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले एउटा घटनाले धार्मिक सहिष्णुता र सद्भावमा कुनै खलल नपुग्ने बताउनुभयो ।

नेपाल विश्वमा बुद्धको देश भनेर चिनिन्छ । संसारभरी भगवान गौतम वुद्धका अनुयायीहरु छन् । तर तिनै वुद्धका निर्जीव मुर्तिमाथि नेपालमै प्रहार हुनु लज्जास्पद मात्रै नभएर निन्दनीय र घृणित कार्य हो । यो घटनामा संलग्नहरुलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न सरकारले ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार