radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

होङ्सी सिमेन्टले उठीबास गराएको भन्दै स्थानीय आक्रोसीत, कम्पनीको गैह्रजिम्मेबार जवाफ (रिपोर्ट)

  • radionrn
  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६


दिनेश न्यौपाने, काठमाडौँ । पाल्पाको निस्दी गाँउपालिका ज्यामिरेमा अवस्थीत होङ्सी शिवम सिमेन्टको खानी क्षेत्रका स्थानीय बासिन्दा आक्रोसित भएका छन् । सिमेन्ट कम्पनीका कारण बिभिन्न कृतिम समस्याहरु सिर्जना भएकाले त्यसको समाधान गर्न र त्यस बापतको राहत दिनु पर्ने स्थानीयको माग छ ।

खानीका कारण उर्वर जग्गाको व्यापक क्षती भएको, व्यक्तिगत सम्पतिमा परेको असरप्रति वास्ता नगरिएको, खेतीयोग्य जमिन खेती गर्न नमिल्ने अवस्थामा रहेको र कम्पनीका लागि बनाइएको बाटोले व्यक्तिगत जग्गाको बिनाश भएको स्थानिय युवा नरेन्द्र आलेको भनाई छ।

देशमा उद्योग धन्दा खुल्नु स्वागत योग्य कुरा हो । तर आफ्नै घर आगनमा ठुलो उद्योग सञ्चालनमा आएपनि ज्यामिरेबासी भने खुशी हैन, बरु त्रसित छन् । उद्योगका नाममा आफ्नै जमिन उपयोगविहिन भएर भोेकमरीदेखि प्राकृतिक प्रकोपसम्मको शिकार बन्नु पर्ने चिन्ताले उनीहरुलाई सताएको छ ।

निस्दी गाँउपालिका ७ का वडा अध्यक्ष गगनसिंह सोतीले समस्याका बिषयमा कम्पनीलाई पटक–पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको बताउनु भयो । स्थानीयबासीको आक्रोस र चिन्ताप्रति समर्थन जनाउदै बडा अध्यक्ष सोतीले स्थानीयलाई होङ्सी सिमेन्ट कम्पनीले अन्याय गरेको आरोप लगाउनु भयो ।

करिब ३६ अर्ब रुपियाँ लगानी रहने गरी चीनको होङ्सी सिमेन्टसँगको सहकार्यमा पाल्पामा खानि तथा नवलपरासीमा प्लान्ट खोलेर होङ्सी शिवम सिमेन्ट उत्पादन सुरु भएको छ । घर छेउमै यति ठुलो उद्योग सुरु भएपनि स्थानियलाई रोजगारीको आश हुनु स्वभाविक हो ।

तर ज्यामिरेबासीले कम्पनीबाट असर पाएपनि अवसर भने पाएनन् । यस बाहेक पनि अरु थुप्रै समस्याहरु स्थानीयले भोगीरहेका छन् । ती समस्या र मागका बारेमा भने कम्पनीलाई कुनै मतलव छैन । यस बारेमा बुझ्न खोज्दा होङ्सी सिमेन्ट कम्पनीका निर्देशक गौरव गोयलले उल्टै थर्काए ।

खानीका कारण स्कूल, खानेपानीका मुहान, सिचाँई कुलो, पाटी पौवा, मठ मन्दिर लगायतमा क्षति भएकोे र अहिले संम्पदाहरु जिर्ण अवस्थामा रहेको स्थानियले बताएका छन् । कम्पनीका कारण अनेक असर भोगीरहेका स्थानीय बासिन्दाको आवाजलाई होङ्सी सिमेन्ट कम्पनीले बेलैमा सम्वोधन नगरेमा आन्दोलन चर्किने देखिएको छ ।

(अडियो रिपोर्ट सुनौ)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार