radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मौसम : भोली र पर्सी अति भारी बर्षा हुने

  • radionrn
  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६


देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले देशका पूर्वी र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । यस्तै मध्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । पूर्वका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आज त्यति धेरै नपरे पनिभोलीबाट भने बढी देखिने छ ।

मौसमविद मञ्जु बासीका अनुसार सो रेखा भोली नेपाल भित्रिने र पर्सि मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ । भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार