radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

होङ्सी सिमेन्ट कम्पनीले गाँउलेलाई दियो धोका, अव धैर्यता टुट्ने गाउँपालिका अध्यक्षको चेतावनी

  • radionrn
  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६


 

दिनेश न्यौपाने, काठमाडौँ । पाल्पाको ज्यामिरेमा रहेको होङ्सी सिमेन्ट कम्पनीले स्थानीय बासिन्दासँगको सहमति विपरीत काम गरेको भन्दै जनप्रतिधिनि पनि रुष्ट भएका छन् ।
निस्दी गाउपालिका ७ ज्यामिरे स्थित होङ्सी सीमेन्ट कम्पनीको खानी प्रभावित क्षेत्रका बासिन्दाहरुसँग भएको सहमति कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै जनप्रतिनिधि पनि कम्पनी विरुद्ध उत्रिएका हुन् । सहमती कार्यान्यनका लागि आफूहरुले पटक पटक गरेको आग्रह कम्पनीले लत्याएको आरोप छ निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको ।

स्थानीय बासिन्दासँग भएको सहमति कार्यान्वयन नगरे गाउँपालिका कडा रुपमा प्रस्तुत हुने वडाअध्यक्ष सारुको चेतावनी छ । खानी प्रभावित क्षेत्रका बासिन्दा कम्पनीले आफुहरुलाई धोका दिएको बताइरहेका छन् । स्थानीयबासिन्दाको आखाँमा छारो हाल्न खोजेको भन्दै उनीहरु कम्पनीलाई कारबाहीको माग गरिरहेका छन् ।

कम्पनीले काम सुरु गर्नु भन्दा पहिला गाउँलेहरुसँग एक घरबाट एकजनालाई रोजगारी दिने सहमति गरेको थियो । तर, अहिले उक्त कम्पनीमा कार्यरत चार सय जना कर्मचारी मध्ये ४ जना मात्रै स्थानीय छन् । रोजगारी दिने भनेर कम्पनीले आफूहरुलाई भुलभुलैयामा पारेको अर्का स्थानीय बासिन्दाको आरोप छ ।

गाउँमा रहेको सिमेन्टको खानी होङ्सी सिमेन्ट कम्पनीले उत्खनन हुन थालेपछि धेरै पक्षमा समस्या निम्ताएको भन्दै स्थानीय बासिन्दा चिन्तामा छन् । कम्पनीबाट नकारात्मक असर पाएका स्थानीय बासिन्दा अवसर भने नपाएको भन्दै दुःखी छन् । स्थानीय बासिन्दा र जनप्रतिनिधिको यस्तो आरोपबारे बुझ्न खोज्दा कम्पनीका सञ्चालक भने सम्पर्कमा आउन चाहेनन् ।

(अडियो रिपोर्ट सुनौ)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार