radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

देउवाको आरोप सरकारले टेलिफोन ट्यापिङ गर्न खोज्यो, सत्तापक्ष भन्छ, ‘शतप्रतिशत झुट’

  • radionrn
  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित ‘दूरसञ्चार ऐन’ प्रति कडा आपत्ति जनाएका छन् । सरकारले टेलिफोन ट्याप गरेर विरोधीहरुलाई ठेगान लगाउन खोजेको उनको आरोप छ ।

सञ्चार मन्त्रालयले तयार पारेको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख दिनेलाई १५ लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद गर्न सक्ने प्रस्ताव रहेको समाचार केही दिन यता चर्चामा छ ।

यो विषयलाई देउवाले प्रजातन्त्रमाथिको खतरनाक षड्यन्त्रको संज्ञा दिएका हुन् ।

टेलिफोनमा गाली ग¥यो भने एक वर्ष जेल र १५ लाख जरिबानाको विषय साँचो हो भने यो जत्तिको खतरनाक विषय अरु हुन नसक्ने देउवाले बताए ।

उनले यो प्राबधान लागु भए फोनमा गाली ग¥यो भनेर आफ्नो विरोध गर्नेहरुलाई सरकारले जेल हाल्न सक्ने बताए ।

टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्न लागेको देउवाको आरोप थियो ।

तर सत्तापक्षले भने देउवाको यो आरोपलाई शतप्रतिशत झुट भनेको छ । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले उपद्रो व्यवहार प्रदर्शन गर्नेहरुलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए । उनले प्रस्तावित दूर सञ्चार ऐनले कुनै पनि नागरिकको गोपनियता भंग नगर्ने दाबी गरे ।

सरकार विरोधीहरुलाई ठेगान लगायन यो प्राबधान लागु गर्न खोजेको कांग्रेस सभापतिको आरोप सरकार झुट रहेको उनले बताए ।

पछिल्ला समय उदाएका नयाँ नयाँ प्रविधि, खासगरी सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा अशान्ति फैलाउने काम बढिरहेको छ ।

यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउन जरुरी भइसकेको छ ।

तर त्यसैको बहानामा नागरिकको गोपनियता भंग गर्ने तथा देउवाले भनेझैँ ‘सरकार विरोधीहरुलाई तह लगाउन’ मात्रै नियम कानुन लागु गर्ने काम सत्तापक्षबाट हुनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार