radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

नेकपाका संस्थापक पुष्पलालको सम्झना

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६


नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज देश विदेशमा सम्झना गर्ने विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । विक्रम संवत् २०३५ साल साउन ७ गते उहाँको निधन भएकाले आज उहाँको स्मृति दिवस मा उहाँलाई सम्झना गरिएको हो ।

काँग्रेस, राणा र राजाकाबीचमा भएको दिल्ली सम्झौताको विरोधकै क्रममा २००८ सालमा नेकपा प्रतिबन्धित भएपछि पुष्पलाल भूमिगत हुनु भएको थियो ।
भारत निर्वासनमा रहनुभएका पुष्पलाल २००९ सालमा भूमिगत रूपमै नेपाल आएर नेपाल कम्युनिस्ट पार्टी, नेपाल प्रजा परिषद् र राष्ट्रिय काँग्रेसलाई समेटेर राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा गठन गर्नु भएको थियो ।

टङ्कप्रसाद आचार्य संयोजक र पुष्पलाल सचिव रहेको मोर्चाले संयुक्त सरकार, संविधानसभा, समानुपातिक निर्वाचन प्रणाली, समावेशी सहभागिता, जनजीविका, राष्ट्रियता र राजनीतिक हकअधिकारका लागि सङ्घर्ष अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार