radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

विवादका कारण नेकपा बैठक स्थगित

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सचिवालय बैठक स्थगित भएको बताइएको छ । आज दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक पर्सी ९ बस्ने भनेर सारिएको छ ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा हिजो भएको छलफलमा पनि सहमती नजुटेपछि उहाँहरुले नै बैठक सार्न लगाउनु भएको बताइएको छ । पार्टीका प्रभावशाली नेताद्धय नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेललगायतका नेताले स्कुल विभागको दावी नछाडेपछि विवाद चर्किदै गएको छ ।

अस्ती आइतबार बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो । तर त्यो नामावलीका बारेमा पनि विवाद बढेको छ । कतिपय सह इन्चार्ज तोकिएका नेताहरुले अस्विकार गरेका छन् भने कतिपयले असन्तुष्टी व्यक्त गरेका छन् ।

सत्तारुढ दल नेकपाको एकिकरण प्रक्रियामा लामो रस्साकस्सीपछि जिल्ला नेतृत्वको विषयमा निर्णय भएको हो भने अरु धेरै संरचनामा सहमती गर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार