radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

दैलेखमा बस दुर्घटना : एकको मृत्यु, सात घाइते

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६


कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दैलेखको आठबिस नगरपालिका ५ मा आज विहान ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीको भनाई छ ।

घाइते ७ जनाको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । दुर्घटना भएको बस घुम्तिमा चिप्लेर करिब ६० मिटर तल खसेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार