radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको छैनः संञ्चारमन्त्री बास्कोटा

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६


काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त योगलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको जिकिर गर्नुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले प्रधानमन्त्रीसँग ‘रअ’का प्रमुखको भेट नभएको जिकिर गर्नुभएको हो ।

शनिबार नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर प्रमुख गोयल प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुलाई भेटेर सोमबार स्वदेश फर्किएको सञ्चारमाध्यममा समाचार आएका थिए । तर मन्त्री बास्कोटाले केही बानी परेकाहरुले भेटेको भए त्यो आफूहरुलाई थाहा नभएको तर प्रधानमन्त्री ओलीले भने ‘रअ’ प्रमुखसँग नभटेको दाबी गर्नुभयो ।

मन्त्री बास्कोटाले कसैलाई भेट्दैमा उसको पक्षधर भइनहाल्ने पनि बताउनुभयो । उहाँले यस्तो लघुताभाषी मान्यता पनि नराख्न पनि आग्रह गर्नुभयो । मन्त्री बास्कोटाले भेटेको हो भन्ने पुष्टि गर्नुछ भने तथ्य प्रमाणसहित आउन आग्रह पनि गर्नुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुरूषोत्तम प्रसाद खनाललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिनुभयो । तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी पनि स्वीकृत गरिएको छ ।

त्यस्तै राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्नेसहितका २० निर्णय भएका मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार