radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

अफगानिस्तानमा बेवारिसे बमलाई यात्रुवहाक बसको ठक्कर, ३४ जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन १५, २०७६


काठमाडौं । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दूरीमा चल्ने एक यात्रीवाहक बसले ठक्कर दिँदा बसमा कार्यरत कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

सुरुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् ।

आज बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार