radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

ग्लोबल टी २० क्रिकेटमा सोमपाल आबद्ध टिमको खेल आज

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६


काठमाडौं – क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामी आवद्ध टिम विनीपेग हक्सले बिहीबार ब्रम्पटन उल्भ्ससँग खेल्नेछ ।

नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुने यो खेलमा हक्स तेस्रो जितका लागि मैदानमा उत्रनेछ । यसअघिको खेलमा सन्दीप लामिछानेको टिम टोरन्टो नेश्नल्सलाई तीन विकेटले हराएको हक्सको तीन खेलबाट चार अंक रहेको छ ।

उसले दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो । बिहीबारको खेलमा नेपाली खेलाडी सोमपाल कामी खेल्ने मौका पाउने संभावना न्यून रहेको छ । रायाद इम्रितको कप्तानीमा रहेको टिममा सोमपाल पहिलो पटक आवद्ध भएका हुन् ।  यसअघिको खेलमा बेन्चमा बसेका सोमपाल यही प्रतियोगिताका लागि सिंगापुरबाट सोझै क्यानडा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार